काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवालाई देश व्यापी बनाई सर्वसाधारणको जीवनमा अन्तरनिहित जोखिम न्यून गर्न र छरिएर रहेको वित्तीय श्रोतलाई उत्पादनशील क्रियाकलापमा प्रवाहित गर्न शाखा विस्तारको गतिलाई तिव्र बनाएको छ ।
शाखा विस्तारको शिलशिलामा संस्थानले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा शाखा स्थापना गरी उद्घाटन समेत गरेको छ ।
उक्त शाखा कार्यालय फाल्गुण २३ मा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका हुन् । उक्त कार्यक्रममा संस्थानको सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेल र प्रशासक कवि प्रसाद पाठकको उपस्थिति रहेको थियो ।