Connect IPS
IME Life

माछापुच्छ्रे बैंकका सिईओ शर्माद्वारा राजिनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदबाट सुमन शर्माले राजीनामा दिएका छन् । शर्माले दिएको राजिनामा बोर्डले स्वीकृत गरेका छ ।

शर्माले फागुन ३० देखि लागू हुने गरी उनले राजीनामा दिएका हुन् । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजिनामा दिएका दिए । शर्माले राजिनामा दिनुको कारण खुल्न सकेको छैन । शर्माको राजीनामा बैंक सञ्चालक समितिले गत शुक्रबार नै स्वीकृत गरेको जनाएको छ ।

Prabhu
Crest

यसैबीच, बैंक सञ्चालक समितिले चैत १ गतेदेखि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालालाई दिएको जनाएको छ ।

कोइराला सोही बैंकमा साढे दुइ वर्ष अघिदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । त्यसअघि २ वर्ष नायव महाप्रबन्धक थिए । नायव महाप्रबन्धक र नायव प्रमुख कार्यकारी अधिकृत गरी बैंकको दोस्रो बरियतामा बसेर उनले साढे ४ वर्ष जिम्मेवारी समालेका छन् ।

सन् २००० मा बैंक अफ काठमाण्डूबाट बैकिङ करिअर शुरु गरेका कोइरालाईसँग बैंक अफ काठमाण्डू, सानिमा र माछापुच्छ्रे बैंकमा करिब २० वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका कोइरालासँग बैंक सञ्चालन, व्यवसाय विस्तार, जोखिम न्यूनिकरण, सञ्चार, विश्लेषण र नेतृत्व विकासका क्षेत्रमा राम्रो ज्ञान भएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS