काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्रमा आवेदन दिने आज बुधवार अन्तिम दिन हो । बैंकले निष्काशसन गरेको १० लाख कित्ता ऋणपत्रमा आवेदन दिन चाहनेले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइन्छ ।
बैंकले निष्काशन गरेको कुल २५ लाख कित्तामध्ये १५ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत रुपमा विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न गर्दैछ ।
ऋणपत्र विक्रीको फागुन २ गतेभित्र र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ सम्म विक्री खुला भएको थियो । १० वर्षे अवधिको उक्त ऋणपत्र खरीद गर्ने लगानीकर्ताहरुले वार्षिक १० प्रतिशत व्याजदर पाउनेछन् । ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्ने बैंकले जनाएको छ ।