काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।चीनबाट फैलीएको कोरोनाको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ ।
। पछिल्ला समय कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलर र सुन बजारतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् । जसको कारण डलरसहित सुनको भाउले समेत दिनँहु जस्तो नयाँ रेकर्ड कायम गरिरहेको छ ।