IME Life

काठमाडौंमा अवतरण गर्ने जहाज बारामाथि फन्को मार्दै, खाली विमानस्थलमा एयर ट्राफिकको मनपरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको कारण नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाजहरुको चाप निकै घटेको छ । तर, अन्तराष्ट्रिय उडानमा रहेका जहाजहरु भने होल्ड हुन बाध्य हुँदै आएका छन् ।

मंगलबार युरोपको टर्कीबाट काठमाडौं आएको टर्किस एयरको जहाज चार फन्को बाराको आकाशमाथि होल्ड भएपछि बल्ल अवतरण गरेको छ ।

Prabhu
Crest

त्यसैअघि आज विहान दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज पनि चार फन्को बाराको आकाशमाथि घुम्न बाध्य पारिएको थियो । नेपाल एयर लाइन्सको जहाज करिब ३२ मिनेट होल्ड भएको थियो भने टर्किस एयरको जहाज पनि ३० मिनेट होल्ड भएर अवतरण गरेको छ । अन्तराष्ट्रिय उडानमा प्रयोग हुँदै आएको ठूला जहाज आधा घण्टा आकाशमा होल्ड हुँदा लाखौं रुपैयाँ थप भार पर्दछ । यात्रु नभएर सास्ती भोग्दै आएका जहाजहरुलाई आकाशमा होल्ड गराएर सरकारले झनै अप्ठेरो पारेको हवाई कम्पनीहरुको गुनासो छ ।

काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलको उडान र अवतरण ५० प्रतिशतभन्दा बढिले घटिसकेको छ । यति हुँदा पनि हवाई ट्राफिक व्यवस्थापन गर्न नसक्नु एयर ट्राफिकको कामजोरी रहेको देखिन्छ ।

स्मरणरहोस्, एयर ट्राफिकको त्रुटीका कारण सन् २०१५ मा युएस बंगला एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलको धावनमार्गमै दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS