काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्नको लागि साधारणसभा डाकेको छ । बैंकले चैत्र २० गते साधारणसभा झापाको विर्तामोडमा आयोजना गर्ने भएको छ।
उक्त सभामा संचालक समितिले सिफरिस गरेबमोजिम चुक्ता पुँजीको १७ दशमलव १० प्रतिशतको दरले बोनस शेयर र सो बापतको कर प्रयोजनको लागि ६२ लाख ३४ हाजर ६५ रुपैयाँ ७८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भएको छ ।
यसका साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर सम्बन्धी प्रस्ताव र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकले साधारण सभाका लागि चैत ७ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने भएको छ ।