काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मितेरी विकास बैंकको बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको छ । बुक क्लोजपछि सो बैंकको मूल्य ३९१.४८ तोकिएको छ ।
यसअघि ४६४ रुपैयाँमा कारोबार भएको सो बैंकको शेयर मूल्य १८.५२ प्रतिशत बोनस शेयरको लागि बुक क्लोजपछि नयाँ मूल्य समायोजन गरिएको हो ।