Connect IPS
IME Life

लमहीका चौधरी परिवारले सन नेपाल लाईफबाट बुझे २० लाख दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

बुटवल । दाङको लमही नगरपालिका ४ गुज्रिहवाका स्व. बिनायक चौधरीको परिवारले सन नेपाल लाईफ इन्स्योरेन्सबाट मृत्यु बीमा दावी भुक्तानी बापत २० लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीले सोमबार एक कार्यक्रमका बीच सो बापतको चेक हस्तान्तरण गरेको जनाएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीलाई अतिथि बनाएर स्व. चौधरीका बुवा खेमलाल चौधरीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बीमा गर्दा सिंगो परिवार आर्थिक रुपमा जोखिमुक्त हुने बताउँदै पछिल्लो समय बीमा कम्पनीहरु प्रति जनताको विश्वास बढ्दै गएको बताए । साथै उनले मृत्यु र पैसा बिचको तुलना गर्न नमिल्ने भन्दै प्राप्त रकमले मृतकको सम्झनामा केहि नयाँ काम गर्न सुझाव दिए ।

गत भदौ महिनामा देउखुरीको राप्ति गाउपालिका पिपरीमा २७ बर्षिय चौधरी सवारी मोटरसाईकललाई टिपरले ठक्कर दिई भएको दुर्घटनामा मृत्यु भएको थियो । सन नेपाल लाईफ ईन्सोरेन्सको पोखराबाट १० लाख रुपैयाको जीवन बीमा गराएका स्व. चौधरीको एक वर्ष बीमाको प्रिमियम तिरेपछि दुर्घटनामा परेका थिए । बीमितको सवारी दुर्घटनामा निधन भएमा बीमाङ्क रकमको दोब्बर रकम दिने कम्पनीको नियम र एक वर्षअघि मात्रै जीवन बीमा गरेकाले एक वर्षको बोनस रकम ५० हजार सहित कूल २० लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीका निमित्त प्रबन्ध निर्देशक मोतिलाल भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सन नेपाल लाईफ ईन्सोरेन्स घोराही शाखाका प्रमुख अम्मर केसीको पनि उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS