Connect IPS
IME Life

विश्व पुँजि बजारका लागि कालोदिन बन्यो सोमबार, न्यूयोर्क स्टक एक्सचेन्जमा सर्किट, विश्वभरका स्टक मार्केट क्र्यास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजको सोमबार विश्वभरका पुँजि बजारका लागि कालो दिनको रुपमा रहने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । कोरोना भाइरसको कारण विश्वभरको स्टक मार्केट क्र्यास भएपछि आजको दिनलाई कालो दिनको संज्ञा दिन थालिएको छ ।

अमेरिकी स्टक एक्सचेन्ज न्यूयोर्क स्टक एक्सचेन्जको बजार खुलेको केहीबेरमै ७ प्रतिशतले गिरावट आएर सर्किट लाग्न पुगेको छ । न्यूयोर्क स्टक एक्सचेन्जमा १५ मिनेट कारोबार रोकिएको छ । उता, भने बेलायतमा सन् २००८ को संकटजस्तै उच्च गिरावट आएको छ । त्यस्तै चीन, हङ्कङ, कोरिया, जापान तथा भारतीय स्टक मार्केटमा पनि सोमबार उच्च गिरावट आएको छ ।

Prabhu
Crest

बेलायती शेयर कारोबारको परिसूचक एफटिएसई१०० को सूचांक ५५० अंकले तल झर्दै ८ प्रतिशतले घटेपछि कालो सोमबारको संज्ञा दिइएको हो । बेलायती स्टक मार्केटमा अहिलेसम्मकै ठूलो गिरावट भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । सोमबार केही मिनेटभित्रैमा बेलायती लागनीकर्ताले १४० बिलियन पाउण्डस्टर्लिङ गुमाउन पुगेका छन् ।

त्यस्तै, सोमबार एसियाली बजारमा पनि कोरोनाको असर देखिएको छ । चीनको सांघाई कम्पोजिट इण्डेक्स ३.०१ प्रतिशतले घट्न पुगेको छ । दक्षिण कोरियाको सेयर परिसूचक कोस्पी ४.१९ प्रतिशतले गिरावट आएको छ भने जापानको निक्किई ५.०७ प्रतिशतले घटेको छ । त्यस्तै छिमेकी मुलुक भारतमा झण्ड दुई हजार अंकले शेयर बजार परिसूचक घट्न पुगेको छ ।

उता, इन्धनको मूल्य खाडी युद्धको समयमा झै न्यून बिन्दुमा पुगेको छ । अन्तराष्ट्रिय माध्यम माध्यमहरुले इन्धनको मूल्य खाडीयुद्धको समय १९९१ कै हाराहारीमा पुगेको दावी गरेका छन् । रसिया र साउदी अरेबियाबीचको इन्धन वारको कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS