IME Life

नेपालीलाई कतार छिर्न प्रतिबन्ध, हिमालय र नेपाल एयरलाइन्सको उडान अन्योलमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर आतंक फैलाएको कोरोना भाइरसको कारण नेपालीलाई कतार प्रवेश गर्न रोक लगाइएको छ । झण्डै तीन लाख नेपाली रहेको अनुमान गरिएको कतारमा प्रवेश रोक लगाइएको हो । कतार सरकारले त्यस्तो रोक लगाएको त्यहाँको स्थानीय सञ्चार माध्यम गल्फ न्यूजले जनाएको छ । विश्वभर तीव्र गतिमा फैलिने क्रममा रहेको कोरोनालाई आफ्नो देशमा प्रवेश गर्न रोक्ने उद्देश्यले कतारले नेपालसहित १४ दिनका नागरिलाई आफ्नो देशमा प्रवेश रोक लगाएको हो ।

प्रतिबन्धको कारण आज राति हुने नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सको उडान के हुन्छ भन्ने अन्यौल उत्पन्न भएको छ । हिमालय एयरलाइन्सका अधिकारीले आज बेलुकाको हिमालय एयरलाइन्सको उडानबारे छलफल गर्न बाँकी रहेको बताए । ति अधिकारीका अनुसार सार्वजनिक यातायातका साधान भएकोले आफ्नो तर्फबाट नरोकिने तर कतार सरकारले प्रवेश नदिने अवस्थामा यात्रु कतार ओराल्नुको अर्थ नहुने बताए ।

Prabhu
Crest

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)का अनुसार नेपालसहित, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।

सो निर्णय आज (सोमबार) देखि लागु हुने कतारले जनाएको छ । कतार सरकारको निर्णयसँगै कतार एयरवेजका दर्जनौं उडान रद्द गरिएका छन् । कोरोनाबाट जोगिन कतारले आफ्ना नागरिकलाई विदेश नजान समेत आग्रह गरेको छ । कतारमा हालसम्म १५ जनामा यो रोग देखिइसकेको छ । हिजो एक दिन एक दर्जन रोगी भेटिएपछि कतार कठोर बनेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS