Connect IPS
IME Life

संकटग्रस्त ‘एस बैंक’का संस्थापक राना पक्राउ, भाग्दै गरेकी छोरीलाई विमानस्थलमा रोकियो

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सी । भारतको चर्चित एस बैंकभित्र अर्बौ घोटाला गरी डुबाएको आरोपमा बैंकका संस्थापक राना कपुर पक्राउ परेका छन् । उनलाई आइतबार भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीले सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि भन्दै पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतकै चौथो ठूलो ‘एस बैंक’ को वित्तीय अवस्था कमजोर भएसँगै गत शुक्रबार डुबेको थियो । त्यस लगत्तै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाउँदै नियन्त्रणमा लिएको थियो । भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा बुधबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । बैंकमा करिब ३० खर्ब निक्षेप रहेको बताइएको छ ।

Prabhu
Crest

बैंक संकटमा परेसँगै एटिएम सेवा बन्द छ भने बैंकको काउन्टरमा हजारौं मानिस लामबद्ध भएर रकम निकालिरहेका छन् ।

यसैबीच, बैंकका संस्थापक कपुरकी छोरी बेलायत भाग्दै गरेको अवस्थामा मुम्वई विमानस्थलमा प्रहरीले रोकेको छ ।उनकी छोरी रोशनी कपुर आइतबारको उडानबाट बेलायत जान लागेको अवस्थमा संघीय जाँच ब्यूरोको एजेन्सीले पत्ता पाएपछि विमानस्थलमै रोकिएको हो । सरकारले कपुरका तीन छोरी तथा श्रीमती बिन्दु कपुरमाथि पनि छानविन गरिरहेको जनाएको छ । रोशनी ब्रिटिश एयरवेजको उडानबाट बेलायत उड्दै लाग्दा प्रहरीले रोकेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS