काठमाडौं । सिटिजन बैंकको ऋणपत्र पहिलो चरणको निधारीत समयमा बिक्रि हुन नसकेपछि, आवेदन दिने म्याद थप गरेको छ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताले अब चैत ४ गतेसम्म ऋणपत्र भर्न पाउने भएका छन् । बैंकले ४ गते भन्दा अगावै माग भन्दा बढी आवेदन परेको खण्डमा सूचना प्रकाशन गरेर बन्द गर्ने जनाएको छ ।
बैंकले फागुन २० गतेदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।