प्रभु लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले आइपीओ ल्याउन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड चार’ दिएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । यस अघि नै आइपीओ निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारणसभाबाट पारित गरिसकेको छ । कम्पनीले आइपीओ रेटिङ गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि कम्पनीले आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुग्ने छ ।