काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टप अप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ ।
न्यूनतम १० हजार रुपैयमा नै ग्राहकहरुले यस योजनामा सहभागी हुन पाउने बैंकले जनाएको छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९ दशमलव ७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।
यसका साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंङ वा मोबाइल बैंकिङ सेवा मार्फत रकम ट्रान्सफर गरी उक्त समयभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको बैंकले जनाएको छ ।