IME Life

कोरोनाको असर काठमाडौंमा, खाना पकाउने ग्याँसको अभाव, पसलमा लाइन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोगको असर नेपालमा खासै देखिएको त छैन तर अब यसको अप्रत्यक्ष असर काठमाडौंमा देखिन थालेको छ । दैनिक उपभोग्य बस्तुहरु अभाव हुँदै गएको छ । दैनिक उपभोग्य बस्तुहरु भेला पार्नेको भिडभाड किराना पसलमा बढेको छ भने ग्याँस पसलहरुमा लाइन बढ्न थालेको छ ।

बिहिवार विहानैदेखि काठमाडौंका विभिन्न ग्याँस पसलहरुमा सर्वसाधारणको लामो लाइन देखिएको छ । लाइनमा बसेकाहरुले ग्याँस अभाव हुनसक्ने, नेपालमा पनि कोरोना आउन सक्ने भएकाले पूर्व तयारी स्वरुप खाली सिलिण्डर भरेर राख्न ग्याँस किन्न आएको बताइरहेका छन् ।

Prabhu
Crest
काठमाडौंको अनामनगरमा आज विहान ग्याँस भर्न लामबद्ध उपभोक्ता । तस्विरः इन्स्योरेन्स खवर

काठमाडौंमा रोगबाट बच्न लगाउने माक्सको हाहाकार छ भने दैनिक उपभोग्य बस्तुहरुको समेत अभाव सिर्जना हुने संकेत देखा परेको छ । ग्याँसको अभाव हुने डरले मानिसहरुले ग्याँस भण्डारण गर्न थालेको पाइएको छ ।  घर-घरमा रहेको खाली सिलिण्डर निकालेर ग्याँस भर्न थालेपछि ग्याँसको अभाव हुँदै गएको हो ।

सरकारले दैनिक उभोग्य बस्तुको अभाव नहुने, इन्धन लगायतका आपूर्तिको अवस्था सहज रहेकोले सर्वसधारणलाई नआत्तिन र अनावश्यक बस्तु भण्डारण नगर्न आग्रह गरेको छ ।

संसारभर बिहिवारसम्ममा कोरोनाबाट तीन हजार २९६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९५ हजार पुगिसकेको छ । चीनको बुहानबाट फैलिएको कोरानाले अमेरिका, युरोपको इटाली तथा एसियाको इरान र दक्षिण कोरियामा फैलिएपछि नेपालमा त्यसको प्रत्यक्ष असर देखापर्न थालेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS