काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व प्रवक्ता तथा कार्यकारी निर्देशक समेत भइसकेका निरौलालाई आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
निरौला अर्थमन्त्रीस्तरीय निर्णयबाट अध्यक्षमा नियुक्त भएका हुन् । उनीसँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव रहेको छ ।