काठमाडौं । आज शेयर बजार घटेको छ । शेयर बजार ६८ दशमलव ४७ अंकले घटेर १,४४१ दशमलव २० को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स सुमुह ६ दशमलव १६ प्रतिशतले घटेको छ ।
आज दिनभरिमा १ सय ७४ कम्पनीको ६७ लाख ७१ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।
एनएमबि बैंक, हिमालयन डिस्टीलरी र एनआइसी एशिया बैंकको १३ करोडमाथिको कारोबार भएको छ । गुँरास लाइफ इनस्योरेन्स कम्पनीको १० करोडमाथिको कारोबार भएको छ ।
आज सामुदायि लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतभनदा बढीका दरले कमाएका छन् भने नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त,कालिका माइक्रो क्रेडिट र स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।