IME Life

अस्पतालको बेडबाटै प्रधानमन्त्रीले डा. खतिवडालाई अर्थमन्त्री बनाए, आजै शपथग्रहण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजोमात्रै राष्ट्रियसभाको पदावधी सकिएपछि अर्थमन्त्री तथा सञ्चार तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अस्पतालको बेडबाटै पुनः अर्थमन्त्रीमा नियुक्त गरेका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्री ओलीले अपरेशन थ्रिएटरमा जानुअघि डा. खतिवडालाई पुनः मन्त्रीमा नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

यसअघि संसदको हैसियतमा मन्त्री बनेका डा. खतिवडा यस पटक भने सर्वसाधारणको हैसियतमा अर्थमन्त्रीमा पुनः नियुक्त भएका हुन् । मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेर अर्थमन्त्रीमा डा. खतिवडाको नियुक्ती सम्बन्धी प्रक्रिया पूरा गरेको जनाइएको छ ।

Prabhu
Crest

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिने कार्यक्रम रहेको छ । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए । संविधानको धारा ७८ को उपधारा १ बमोजिम संघीय संसदको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्रीले मन्त्रीका रुपमा नियुक्त गर्न सक्ने तर, छ महिनामित्रमा संघीय संसदको सांसद हुनुपर्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालयका प्रबक्ता हरि प्रसाद दाहालले डा. खतिवडालाई सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी तोकेर अर्थमन्त्रीमा नियुक्त गरेको जनाइएको छ । डा. खतिवडाले आजै अपरान्ह ४ बजे शितलनिवासमा आयोजित कार्यक्रममा शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS