IME Life

लघुवित्तको मुनाफा वितरणमा सामान्य हेरफेर, थप २५ प्रतिशत कोषमा राख्नुपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघुवित्त कम्पनीहरुलाई मुनाफा वितरण गर्दा सरकारले सामान्य व्यवस्था संशोधन गरेको छ । यसअघिको लाभांश प्रस्तावमा २० प्रतिशतभन्दा माथिको लाभांशमा थप २५ प्रतिशत रकम कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

Prabhu
Crest

यसअघि २०७२ सालमा लघुवित्त कम्पनीहरुका लागि लाभांश वितरण गर्दा गरेको व्यवस्थामा सामान्य संशोधन गरेको हो ।

पुरानो व्यवस्था अनुसार ग्राहक संरक्षण कोषमा खुद नाफाको एक प्रतिशत र २० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्नेको हकमा थप २५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार थप २० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्ने कम्पनीलाई २० प्रतिशतभन्दा माथिको लाभांशको थप २५ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा राखेर मात्रै लाभांश वितरण गर्न पाउनेछन् । साथै नयाँ व्यवस्था अनुसार २० प्रतिशत भन्दा कम लाभांश वितरण गर्ने कम्पनीको हकमा जम्मा एक प्रतिशत मात्रै ग्राहक संरक्षण कोषमा राखे पुग्नेछ ।

नयाँ व्यवस्थाले थोरै मुनाफा वितरण गर्ने कम्पनीहरु प्रभावित हुने छैनन् भने धेरै मुनाफा वितरण गर्ने कम्पनीहरुको मुनाफामा भने धक्का पुग्नेछ । २० प्रतिशत भन्दा कम लाभांश प्रस्ताव गर्ने कम्पनीले एक प्रतिशत मात्रै कोषमा राखेर अरु वितरण गर्न पाउनेछन् ।

नयाँ व्यवस्था अनुसार लघुवित्त कम्पनीले लाभांश वितरण गर्दा २० प्रतिशतभन्दा कममा पुरानो व्यवस्था अनुसार हुनेछ । लघुवित्त कम्पनीले ५० प्रतिशत लाभांश वितरण गर्न खाजेको अवस्थामा ३५.२५ प्रतिशत, ८० प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थामा कोषमा राखेर ५०.१ प्रतिशत र १०० प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्थामा लघुवित्त कम्पनीको लाभांश वितरण गर्ने प्रस्ताव १०० प्रतिशत भएको अवस्थामा ५९.५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS