काठमाडौं । केन्द्रीय बैंकले अर्धबार्षिक समीक्षामार्फत विदेशी पुँजि नेपाल ल्याउन थप सहज बनाएको छ । केन्द्रीय बैंकको अनुमति लिई नेपाली नागरिक वा कुनै पनि फर्मले भारतबाट १० करोड र अन्य मुलुकबाट १० लाख डलरसम्मको रकम ब्याज वा बिना ब्याज ऋण ल्याउने पाउने भएको छ ।
यसले नेपालमा लगानी बृद्धि हुने अपेक्षा गरिएको छ । नेपालीहरुले विदेशमा कमाएको ठूलो रकम नेपाल ल्याउन समेत सहज बनाईदिएको छ । पानामा तथा अन्य देशहरुबाट समेत यस्ता रकमहरु ल्याउन पाइने भएको छ । यसअघि केन्द्रीय बैंकले विदेशबाट नेपालमा पुँजि ल्याउन कडाई गरेको थियो ।
त्यस्तै नेपाली बैंकहरुले गैर आवासिय नेपाली लगायतका क्षेत्रमा निक्षेप संकलन गर्न थप खुकुलो बनाइएको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा उल्लेख छ । यसैबीच, नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको छ महिनामा सात अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको जनाएको छ ।