जनकपुर । मेटलाइफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले साता प्रदेश नं २ अन्तर्गत, धनुषा जिल्लाकोे जनकपुरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरिएको कम्पनीले जनाएको छ । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३३ वटा कार्यालय पुगेको छ ।
नयाँ एजेन्सी कार्यालय जनकपुरको भानुचोकमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने मेटलाईफको नेपालस्थित शाखा कार्यालयले जनाएको छ ।