काठमाडौं । अपि पावरले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर भर्न पाउनेछन् ।
कम्पनीले बोर्डबाट १ः०४७ अनुपातमा ५६ लाख ५७ हजार कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो । कम्पनीको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
यस अघि कम्पनीले बोर्डमा १ः २ अनुपातमा २ करोड २६ लाख ८० हजार कित्ता (२००) प्रतिशत हकप्रद शेयर बिक्रिको लागि बोर्डसँग अनुमति मागेको थियो । उक्त समयमा प्रकृया पूरा नगरेको हुँदा धितोपत्र बोर्डले अनुमति दिएको थिएन् ।
त्यसपश्चात् बोर्डले हकप्रद अनुमतिको पाइपलाइनबाटै हटाइदिएको थियो । सो हकप्रदलाई बोर्डले आज ४७ प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति दिएको हो ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ ७ लाख रुपैयाँ रहेको थियो । हकप्रद बिक्रिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।