IME Life

संसारभर आतंक मच्चाउँदै कोरोना, एक जनाको मृत्युपछि अमेरिकामा आतंक फैलियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस अमेरिका छिरेको छ । अमेरिकाको वासिङ्टन डिसी निवासी एक जनाको कोभिड–१९ बाट मृत्यु भएपछि सिंगो अमेरिकामा आतंक मच्चिएको छ । उता, थाईल्याण्डमा पनि कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई नआत्तिन आग्रह गर्दै कोभिड–१९ भाइरस विरुद्धमा लड्न अमेरिका हरदम तयार रहेको भन्दै जनतालाई आश्वस्त पार्न खोजेका छन् । अमेरिकाको इभरग्रिन हेल्थ हस्पिटलमा कोभिड–१९ भाइरसको उपचार गराउँदै आएका ५० बर्षिय पुरुषको शनिबार निधन भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

त्यस लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशबासीलाई धैर्य गर्न आग्रह गरेका छन् । साथै उनले विश्वभर कोभिड–१९ भाइरस विरुद्धको लडाईमा लाग्ने बताएका छन् । अमेरिकामा ६० जनाभन्दा बढि मानिसमा कोरोना भाइरस फैलिएको बताइएको छ ।

त्यस्तै नेपालीहरुको बाहुल्यता रहेको कतार र दक्षिण कोरियामा पनि कोराना भाइरस फेला परिसकेको छ । करिब ६० हजार नेपाली रहेको दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन हजार पाँच सय नाघेको छ । संसारभर तीन हजारभन्दा बढिको मृत्यु भएको कोभिड–१९ भारतमा पनि फैलिइसकेको छ । उता, तीन लाख नेपाली रहेको कतारमा समेत कोरोना भाइरस छिरेको छ । उता, नेपालीहरु धेरै भएको अष्ट्रेलियामा पनि कोरोनाको कारण एक जनाको मृत्यु भएको छ ।

विश्वभरमा चीनमा बसैभन्दा धेरै मानिसको ज्यान गएको कोरोना अहिले दक्षिण कोरिया, इरान र इटालीमा उत्पात मच्चाइरहेको छ । शनिबार अमेरिकामा एक जनाको मृत्यु भएपछि अब अमेरिकामा समेत यसको आतंक फैलिन थालेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका कुनै पनि देशले आफूलाई सुरक्षित रहेको नठान्न र कोरो भाइरसबाट बच्ने उपायका विरुद्धमा लड्न आह्वान गरेको छ । त्यस्तै नेपाललाई उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ । तर, नेपाल सरकारले कोरोना भाइरसका विरुद्धमा लड्न कुनै पनि ठोस योजना बनाउन नसकेका कारण नेपाल धेरै मानिको मृत्युको कारक बनेको कोभिड–१९ भाइरसको उच्च जोखिममा पर्दै गएको छ ।

कोरोना भाइरसबाट संसारभर आतंक मच्चिएको छ । हालसम्म ५७ देशमा कोरोना भाइरसले आतंक मच्चाएको छ । कोभिड–१९ नाम दिइएको सो भाइरस एक मानिसबाट अर्को मानिसमा सजिलै संक्रमित हुने हुँदा उपचार सेवा समेत कठिन हुँदै गएको छ ।

यसैबीच, कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रले ४४४ खर्बको घाटा व्यहोरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त भाइरसको कारण कैयौं पुनर्बीमा कम्पनीमाथि आर्थिक भार बढेको छ । विश्वभर आतंक मच्चाएकोले अर्थतन्त्रको प्रभावसँगै व्यापार मन्दीको मारमा विश्वका ठूलो बीमा कम्पनीहरु पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS