IME Life

एशियन लाईफ इन्स्योरेन्सद्वारा जुम्लाकी भण्डारी परिवारलाई तीन लाख ३१ हजार दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा आफू मात्रै नभई आफ्नो मृत्युपछि आश्रित परिवारलाई समेत ठूलो राहत दिने बचत हो । जुम्ला कनकासुन्दरी–८ की धनलक्ष्मी भण्डारीले मृत्युपछि एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सानो बच्चालाई एक हजार रुपैयाँ भत्ता र परिवारलाई तीन लाख ३१ हजार ८०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

Prabhu
Crest

एशियन लाईफ इन्स्योरेन्स क.लि जुम्ला शाखामार्फत जीवन बीमा गरेकी भएको जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नं.८, निवासी धनलक्ष्मी भण्डारीको गत पुस ८ गते कालगतीले निधन भएकोमा हकवाला तथा श्रीमान् सर्जन भण्डारीलाई कनकासुन्दरी गाउँपालिका वडा नं.८ को वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी मृत्युदाबी रकम तीन लाख ३१ हजार ८०० रुपैयाँ र नाबालक छोरा तपेन्द्र भण्डारीलाई १४ बर्षसम्म मासिक एक हजारका दरले शिक्षा खर्चबापतको रकम हस्तान्तरण गरेकोछ ।

कनकासुन्दरी गाउँपालिकाको उप–प्रमुख उर्मिला खत्री र कनकासुन्दरी गाउँपालिका वडा नंं.८ को वडा अध्यक्ष रत्नलाल उपाध्ययको हातबाट सयुक्त रुपमा चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । भण्डारीले २०७५ साउन ८ गते धनलक्ष्मी भण्डारीले आफ्नो तीन लाख रुपैयाँको र आफु प्रस्तावक बसी छोरा तपेन्द्र भण्डारीको एक लाख रुपैयाँको बीमा गरेकी थिईन् । कम्पनीेले मृत्यु भएको ६९ दिनपछि दावी भुक्तानी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS