IME Life

१६ औ जन्मदिनमा रितिकले पाए २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

बागलुङ । जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ ।

Prabhu
Crest

यसैबीच, बाग्लुङका रितिक चोखालले १६ औं जन्मदिनको अवसरमा एलआईसी नेपालबाट खरिद गरिएको २० लाखको जीबन बीमा पोलिसी उपहार पाएका छन् । बागलुङ जिल्लाको प्रख्यात तिर्थस्थल बागलुङ कालिका भगवती मन्दिर नजिकैका स्थानीय होटल व्यवसायी किसान चोखालले जेठा छोरा रितिक चोखाललाई १६ औ जन्मदिनको अवसरमा एलआईसी नेपालको सावधिक योजनाको २० लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।

कार्यक्रममा कान्छा छोरा रिजन चोखाललाई बाल सावधिक योजनाको २० लाखको बीमा पोलिसी समेत किसानले खरिद गरेका छन् । बीमित रितिक चोखाललाई एलआईसी नेपाल बागलुङ शाखाका प्रबन्धक शम्भु सिलवाल र बरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेले बीमा पोलिसी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS