काठमाडौं । अर्थमन्त्री तथा सूचना मन्त्री युवराज खतिवडाले वित्तिय स्थायित्वमा जोड दिदै नेपालको सम्पूर्ण बैंकिङ क्षेत्रको सम्पूर्ण जोखिम बीमा कम्पनीहरुले वहन गरेकोमा खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री खतिवडाले सिंगो बैंकिङ क्षेत्रको जोखिम बीमा कम्पनीहरुले वहन गर्न सक्षम रहेको उल्लेख गर्दै नेपालको अर्थतन्त्र बीमा कम्पनीहरुकै कारण सुरक्षित समेत रहेको बताए ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तिय अन्तराष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाट्न गर्दै बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन यतिबेला बीमा कम्पनीहरुले गरिरहेको बताए ।
यसर्थ, बैंकहरुले अझ सबल भएर जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए । साथै उनले गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको सरह काम गरिरहेकाले पछिल्लो दिनहरुमा छाँया बैंकिङ मैलाएको पनि बताए ।