काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।
कम्पनीले २०७६ माघ मसान्तसम्ममा गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका ) बीमालेखहरु फाल्गुण १६ गतेदेखि चैत १८ गतेसम्म बीमालेख पूनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा विशेष छुट दिने भएको हो ।
कम्पनीले भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ बर्षभित्र व्यतित भएका बीमालेखको हकमा ७५ प्रतिशत व्याज छुट गर्ने जनाएको छ ।
त्यस्तै, भुक्तानी नभएका बीमाशुल्क किस्ताहरु मध्ये पहिलो भुक्तानी नभएको बीमाशुल्क किस्ताको मितिले ३ वर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा भने ५० प्रतिशत व्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ