काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३४औं वार्षिकोत्सवका अवसरमा दुई व्यावसायिक योजना सार्वजनिक गरेको छ । बैंकले भिसा डोमेस्टिक क्रेडिट र डेबिट कार्ड तथा मास्टरकार्ड र डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यास ब्याक दिने बैंकले जनाएको छ ।
जुन अधिकतम ३ हजार ४ सय रुपैयाँ सम्मको हुनेछ । दोस्रो योजनाका रूपमा बैंकले सिम्रिक एयरसँगको सहकार्यमा ६ महीनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत मासिक ३ हजार ४ सय रुपैयाँको किस्ताबन्दीमा गोसाईँकुण्ड भ्रमण प्याकेज उपलब्ध गराएको छ ।
मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवको दिनदेखि आगामी चैत १८ गतेसम्म उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।
त्यस्तै, बैंकले बालबालिकाका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ ।