IME Life

नेकपाको सचिवालयमा गम्भिर मतभेद, राष्ट्रियसभामा सिफारिस हुने गौतम कि खतिवडा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज विहान बसेको सत्तारुढ दल नेकपाको पार्टी सचिवालय बैठकमा गम्भिर मतभेद उत्पन्न हुँदा राष्ट्रिय सभामा रिक्त एक जनाको पदमा कसलाई सिफारिस गर्ने भन्नेमा झगडा परेको छ ।

सचिवालय बैठकले पार्टीका नेता बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गरेको थियो । प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने भन्दै अडान लिएका छन् । प्रम ओलीले कुनै पनि हालतमा अर्थमन्त्री डा. खतिवडालाई नै पुनः राष्ट्रिय सभाको सदस्य बनाएर अघि बढाउने अडान लिएपछि नेकपाको सचिवालय बैठकको निर्णय समेत अलपत्र परेको छ ।

Prabhu
Crest

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः सिफारिस गर्ने अडानमा छन् । तर, प्रम ओलीको अडान विपरित सचिवलाय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरेपछि पार्टीका दुई अध्यक्ष अध्यक्ष प्रचण्ड र ओलीका बीचमा समेत दरार उत्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नतिजा निकाल्न सफल प्राबिधिक अर्थमन्त्री डा. खतिवडालाई सरकारबाट बाहिर राख्दा देशलाई घाटा हुने भन्दै राष्ट्रियसभामा पुनः मनोनित गरी अर्थमन्त्री पदमा कायमै राख्न सुझाव दिएको बताइन्छ ।

बुधबार डाकिएको नेकपाको सचिवलाय बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलमाथि कारवाही गर्ने प्रस्तावमाथि समेत छलफल भएको बताइएको छ । यद्यपि सो सम्बन्धमा कुनै कुरा बाहिर आएको छैन ।

प्रम ओलीको चाहना विपरित राष्ट्रियसभामा नेता गौतमलाई सिफारिस गरेपछि अब राष्ट्रियसभामा कसलाई सिफारिस हुन्छ ? अन्योल सिर्जना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पश्चिम क्षेत्रको भ्रमणमा रहेकाले तत्काल सिफारिस गर्न आवश्यक छैन । राष्ट्रपति भण्डारी अझै चार दिन काठमाडौं नआउने हुँदा यही फागुन १९ वा २० गते मात्रै राष्ट्रियसभामा सिफारिस हुने सम्भावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS