काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सो पार्टीका प्रभावशाली नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित कोटामा सिफारिस गर्ने निर्णय गरेको छ ।
आज विहानैदेखि पार्टीका दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीचको छलफलपछि बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरिएको हो । राष्ट्रिय सभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधी थप्ने सम्भावना लगभग सकिएको छ । यद्यपि मन्त्रिपरिषदबाट सिफारिस हुन भने बाँकी छ ।
गत आम निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए ।