काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न घोषण गरेको नगद लाभांश दर घटाएको हो ।
बैंकले यस अघि गत आर्थिक बर्षको नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले १८ दशमलव ७२१५ प्रतिशत प्रतिशत मात्र नगद लाभांश वितरण गर्न अनुमति दिएको बैंकले जनाएको छ ।
यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरुले पाउनेछन् ।