रूपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छूट सम्झौता भएको छ । सम्झौताअनुसार शाइन रेसुंगाका ग्राहकले सिद्धबाबा अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छूट पाउने भएका हुन् ।
सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका अध्यक्ष डा. शक्ति बस्नेतले आइतवार हस्ताक्षर गरे ।
जनरल चेकजाँच, फूलवडी चेकअप, प्याथोलीजी, रेडियोलोजी र शैøया शुल्कमा सो छूट पाउने अस्पतालका अध्यक्ष डा। बस्नेतले बताए ।
क्षेत्रीयबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसँगै बैंकले ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालसँग सम्झौता गरेको हो ।