काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज मिरि तय गरेको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले बुक क्लोज मिति गरेको हो । कम्पनीले फागुन २२ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।
फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा ९३ लाख ८५ हजार २ सय अर्थात सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।