Connect IPS
IME Life

आईसीएफसी फाइनान्सको ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईसीएफसी फाइनान्स आईसीएफसी फाइनान्स लिमिटेडको २० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज देखि विक्री खुला भएको छ । फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १२ करोड रुपैयाँबराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ करोड रुपैयाँ बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

Prabhu
Crest

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्ने जनाएको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS