काठमाडौं । सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस गुप्र एण्ड हस्पिटालिटी बिच बैंकका ग्राहकलाई बिभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशभरीको होटेल, क्याफे तथा रिसोर्हटरुमा सेवा लिंदा विशेष छुट पाउने भएका छन् ।
हाल बैंकले देशैभरीका ९३ वटा शाखा, ९० वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।