काठमाडौं । सनराइज बैंकले सनराइज सरल एसएमई कर्जा संचालनमा ल्याएको छ । बैंकले आफूसँग ज्ञान सिप, ज्ञान, क्षमता भएको तर पुँजी अभावको कारणले उधम तथा व्यवसाय गर्न नसकेको साना व्यवसायीलाई सहज र सरल रुपमा कर्जा उपल्त्तब्ध गराउने उधश्ेयले यस खाता संचालनमा ल्याएको जनाएको छ ।
यस योजनमा सहभागी हुने ग्राहकले कर्जा लिन आवश्यक कागजात पेश गरेको खण्डमा २४ घण्टामा नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यस व्यवस्था अन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलीयत ब्याज दरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।