काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेख नविकरण गर्न विशेष छुट अवसर प्रदान गरेको जनाएको छ । कम्पनीले सार्वजनिक सूचनामार्फत आगामी फागुन १५ गतेसम्म व्यतित बीमालेख नविकरण गराउँदा ३५ प्रतिशत विलम्व शुल्क (ब्याज) छुट दिने निर्णय गरेको हो ।
जीवन बीमा गरी विविध कारणले बीमालेख भुक्तानी गर्न नसकेका बीमितहरुलाई लक्षित गरी नविकरण गर्दा ब्याजछुट योजना ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२० भित्र परिपक्व हुने बीमालेखमा भने यस्तो छुट सुविधा उपलब्ध हुने छैन ।