काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उड्न लागेको श्रीएयरलाइन्सको जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि केहीबेर रोकिएको छ ।
श्रीएयरलाइन्सको सिआरजे २०० जहाज उड्नै लाग्दा ककपिटमा गम्भिर प्राविधिक समस्या उत्पन्न भएको सन्देश स्वचालित रुपमा प्राप्त भएपछि हतार हतार यात्रुहरुलाई तल ओरालेर मर्मत गरिएको थियो । मर्मत गरिएपछि जहाज उडाइएको श्रीएयरलाइन्सले जनाएको छ ।
चेकजाँचको क्रममा के समस्या आएको हो भन्ने खुलाइएको छैन । साढे दुई घण्टाको परिक्षण पश्चात जहाज उडाइएको छ ।
शनिबार विहान ८ः४५ बजे नेपालगन्ज उड्ने तालिका रहेको जहाज करिब ११ बजे मात्रै उडेको जनाइएको छ ।