IME Life

छोरी बीमा गराउँदा इन्टरनेट निःशुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेश २ सरकारले सो प्रदेशभित्र सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रममा सहभागी भएको घर परिवारमा इन्टरनेट सुविधा निःशुल्क दिन सुरु गरिएको छ । छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत २०७५ साल माघ १ गतेभन्दा पछि जन्मेका छोरीहरुको निशुल्क बीमा कार्यक्रम सञ्चलान भइरहेको छ । सो कार्यक्रममा सहभागी हुने प्रत्येक घरधुरीले तीन महिनासम्म सुविसु केवलको इन्टरनेट निुशल्क पाउने व्यवस्था गरिएको प्रदेश नं २ सरकारले जनाएको छ ।

सो कार्यको औपचारिक सुरुवात सिरहाबाट गरिएको प्रदेश २ सरकराले जनाएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी बीमा गर्ने आठवटै जिल्लाहरु बारा, पर्सा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी धनुषा र सप्तरीमा सुविसुको इन्टरनेट सेवा पुर्याइनेछ ।

Prabhu
Crest

सुविसुले सो क्षेत्रमा इन्टरनेट जडान गरी सेवा प्रदान गर्न थालेको जनाएको छ । प्रदेश नं २ मन्त्रिपरिषद्को कार्यालय र सुविसुबीच निशुल्क इन्टरनेट सेवा प्रवाह गर्ने सम्बन्धमा भएको सम्झौता बमाजिम निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS