काठमाडौं । एनएमबि बैक लिमिटेडले चेपे खोला साना जलविद्युत आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । फागुन ८ गते बिहीबार बैंक र आयोजनाको प्रर्वद्धक कम्पनी आशुतोष इनर्जी प्रा. लि. र बैंकले ऋण लगानी सम्झौता गरेका हुन् ।
जलविद्युत आयोजनाको कूल लागत एक अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकले ७५ प्रतिशत बराबरको लगानी गर्ने भएको हो । लमजुङको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा उक्त जलविद्युत आयोजनामा सञ्चालित रहेको छ ।
विसं २०७८ फागुन ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति तोकिएपनि ४ महिना अगावै विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ