Connect IPS
IME Life

बीमा सुविधासहित मेगा बैंकको नयाँ बचत खाता संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकले बीमा सुविधा सहितको ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ ।

यस  योजनामा न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने र खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको मेडिकल बीमाका साथै ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

Prabhu
Crest

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरुले यस बचत योजनालाई अत्याधिक मन पराइदिने मेगा बैंकको विश्वास छ । ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS