काठमाडौं । सिद्धार्थ इन्स्यारेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएकोछ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैदवार क्षेत्री तथा रोटरी डिष्ट्रिट इन्टरनेशनल ३२९२ का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्यारेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्ने भएको छ।