काठमाडौं । जीवन बीमा गरेका बीमितले समयमा शुल्क भुक्तानी गर्न नसकी पोलिसी ल्याप्स भएकाहरुलाई गुराँस लाईफले विशेष अफर सञ्चालनमा ल्याएको छ ।
कम्पनीका अनुसार यही फागुन ४ गतेदेखि फागुन २३ गतेसम्म विगतमा ल्याप्स भएको बीमा पोलिसी नविकरणको विशेष छुट अफर दिएको छ । पोलिसी ल्याप्स भएका बीमितले सो अवधीभित्र नविकरण गराएको खण्डमा ५० प्रतिशत ब्याज तथा विलम्व शुल्कमा छुट दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
व्यतित बीमालेखा पुनर्ताजगीको लागि समय समयमा यसरी छुट दिने गरिन्छ । कम्पनीले १९ दिने विशेष छुट अफर सञ्चालनमा ल्याएकोले अवसरको सदुपयोग गर्न बीमितहरुलाई आग्रह गरेको छ ।