Connect IPS
IME Life

छ महिनामा झण्डै आधा खर्ब जीवन बीमा शुल्क आर्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी मध्ये १८ वटा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा झण्डै आधा खर्ब कूल जीवन बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । दोस्रो त्रैमाससम्ममा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार १८ जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

१९ जीवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले भने खुद बीमाशुल्क आर्जन मात्र सार्वजनिक गरेको छ । संस्थानले कुल बीमाशुल्क आर्जन भने सार्वजनिक गरेको छैन ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा छ महिनामा १८ वटा जीवन बीमा कम्पनीले ४१ अर्ब ८६ करोड १० लाख ३२ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत बर्षको सोहि अवधिमा २९ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । गत बर्षको तुलनामा कम्पनीहरुको बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । सो रकममा राष्ट्रिय बीमा संस्थानले आर्जन गरेको पाँच अर्ब ६९ करोड ३१ लाख ३१ हजार रुपैयाँ भन्दा बढि कूल बीमा शुल्क आर्जन गरेको छ । सोको एकिन विवरण नभए १९ वटै जीवन बीमा कम्पनीले कूल बीमा शुल्क आर्जन गरेको रकम कम्तीमा ४७ अर्ब ५५ करोड ४१ लाख भन्दा बढि अर्थात झण्डै आधा खर्ब छ ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासको अन्त्यसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन र्गे कम्पनी नेपाल लाइफ इन्स्यारेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १४ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३२ दशमलव ७१ प्रतिशतले बढेको हो । गत बर्षको सोहि अवधिमा कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा पाँच अर्ब ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३२ दशमलव ४६ प्रतिशतले बढेको हो ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्ममा ३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २७ दशमलव ५० प्रतिशतले बढेको हो । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

चौथौमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेनस रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा २ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाुशल्क आर्जन गर्न सफल छ । गत बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ११८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

५० करोड भन्दा मुनि बीमाशुल्क आर्जन गर्ने कम्पनी
दोस्रो त्रैमासको अन्त्यसम्ममा तीन नयाँ जीवन बीमा कम्पनीरुले ५० करोड रुपैयाँ भन्दा मुनि बीमाशुल्क आर्जन गरेका छन् । सानिमा लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीहरुले पुस मसान्तसम्ममा ५० करोड भन्दा कम बीमाशुल्क आर्जन गरेका छन् ।

पुस मसान्तसम्ममा सानिमा लाइफले ४१ करोड ११ लाख रुपैयाँ, प्रभु लाइफले ३१ करोड २६ लाख रुपैयाँ र महालक्ष्मी लाइफले २८ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन कुल बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS