IME Life
GBIME

नेप्सेमा कारोवार हुने जीवन बीमा कम्पनीहरुलाई एकै ठाउँमा दाँजेर हेर्दा

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौ: सुचिकृत सम्पूर्ण सात जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। ७ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले धेरै सूचकमा अगाडी दखिन्छ।  सम्पूर्ण सुचिकृत जीवन बीमा कम्पनीहरुलाई इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन:

चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजी सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ। नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ५० करोड रहेको छ। गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबैले बीमा समितिले तोकेको २ अर्ब न्युनतम चुक्ता पूँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ। गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ९४ करोड रहेको छ।

Crest

जगेडा कोषको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै बलियो छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ६१ करोड रहेको छ। त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ। गुराँस लाईफ इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ७३ लाख रुपैयाँ छ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। नेपाल लाइफको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड रहेको छ। त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम सूर्या लाइफ इन्स्योरेन्सको रहेको छ। सूर्या लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ६ अर्ब २१ करोड रुपैयाँ छ।

बीमा शुल्क आर्जनको आधारमा :
चालु आर्थिक वर्षको पौष महिनासम्म नेपाल लाइफले सर्वाधिक १४ अर्ब ०७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  त्यस्तै सबैभन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँस लाइफले ९७ करोड मात्र कुल बीमा शुल्क आर्जन गरेको छ। गुराँस लाइफ इन्स्योरेन्स बाहेक सबैले १ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन्। 

खुद नाफाको आधारमा :
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ३५ करोड ०९ लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ। गुराँस लाइफ इन्स्योरेन्सले ७ करोड ३५ लाख मात्र खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा:
गुराँस लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक १५ रुपैयाँ ६७ पैसा रहेको छ भने सबैभन्दा थोरै  एलआईसी नेपालको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६५ रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा  र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । त्यस्तै प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।  

किताबी मुल्यको आधरमा:
प्राइम लाइफ इन्स्योरेन्सको किताबी मूल्य सबैभन्दा धेरै १५८ रुपैयाँ ४६  पैसा रहेको छ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS