काठमाडौं । प्रभु बैंक र निजीक्षेत्रका विद्यालयको छाता संगठन एनप्याब्सनबीच बुधवार प्याब्सनको बैंकिङ कारोबार प्रभु बैंकमार्पmत गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ र एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ ।
त्यस्तै, एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रममा आधिकारिक बैंकको रूपमा प्रभु बैंकको नाम उल्लेख गरिने जनाएको छ ।