IME Life

बजेटको अर्धबार्षिक समीक्षामा अर्थमन्त्रीले भने, ७५०० जनालाई सहुलियत कर्जा, नौ लाख करदाता थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटको अर्धबार्षिक समीक्षा कार्यक्रममा राजश्व संकलन र बजेट खर्च सन्तोषजनक रहेको बताएका छन् । उनले चालु आर्थिक वर्ष २०७६।७७ को ६ महिनामा चार खर्ब ३० अर्ब खर्च भएको जानकारी अर्थमन्त्री डा. खतिवडाले दिएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यो अवधिमा चार खर्ब ५६ अर्ब राजश्व संकलन भएको बताउँदै सन्तोषजनक रहेको बताए ।

Prabhu
Crest

गोष्ठीमा मन्त्री डा. खतिवडाले राष्ट्रिय गौरवका आयोजनाको प्रगति २० प्रतिशत रहेको भन्दै अन्त्यसम्ममा उल्लेखनीय प्रगति हुने बताए ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले हालसम्म सहुलियत कर्जा लिनेको संख्या ७ हजार ५ सय पुगेको बताउ ।त्यसैगरी, जनतालाई करको दायरामा ल्याउने क्रम जारी रहेको भन्दै स्थायी लेखा नम्बर(प्यान) लिने संख्या चालु आवको छ महिनामा नौ लाख ६७ हजार थपिएको जानकारी दिए । उनले कूल करदाताको संख्या २९ लाख ३९ हजार पुगेको बताउँदै राजश्व संकलनको लक्ष्य पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा चालु आवमा पूँजीगत खर्च ८० प्रतिशत पुग्ने अर्थमन्त्रीले बताए । अर्थमन्त्री खतिवडाले वैदेशिक सहायता नीति मार्फत यसवर्ष ५० अर्ब ऋण लिन लागेको बताउ । यहीफागुन महिनाभित्र विभिन्न आयोजना र विकासका कामको ठेक्का नलगाए बजेट नदिने बताउँदै अगाडि बढेका काममा रकमान्तर गरेर सहयोग गरिने आशय व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS