काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थानले आर्थिक वर्ष ०७६।०७७ को दोस्रोे त्रैमाससम्म ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।
संस्थानले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको खुद बीमा शुल्क आर्जन रकम २९ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।
पुस मसान्तसम्ममा ३ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । संस्थानले गत बर्षको सोहि अवधिमा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थानको खुद खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५७ प्रतिशतले घटेको छ ।
संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड २१ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ संचित रहेको छ । दोस्रो त्रैमाससम्मको अवधिसम्ममा संसथनले खुद दाबी भुक्तानी वापत १ अर्ब ३६ करोड दाबी भुक्तानी गरको छ ।