मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय सस्थाको शाखा कार्यालय कृष्णापुरले दुई दिने च्याउ खेति तालिम सम्पन्न गरेको छ । उक्त तालिममा कृष्णापुर नगरपालिका गोदावरी नगरपालिका र लालझडि गाउपालिकामा गठन भएको ५० समुहका ४० जना महिलाहरुको सहभागीता रहेको थियो ।
२०७४ साल देखी कृष्णापुरमा वित्तीय क्षेत्रमा सेवा प्रवाह गर्दै आएको उक्त संस्थाले कृषि, व्यापार, घर निर्माण,उपचार लगायतका क्षेत्रमा 3 करोड 80 लाख रुपैयाँ लगानी भएको जनाएको छ ।
संस्थाले महिलाहरुलाई विना धितो ३ लाख र धितोमा ७ लाख सम्म व्यवसायीक ऋण प्रवाह गदर्दै आई रहेको छ । ऋण प्रवाह मात्र गर्ने भन्दा पनि कुन शिर्षकमा ऋण दिईएको छ । संस्थाले नियमित रुपमा यस्तो शिपमुलक तालिमहरु संचालन गर्दै आएको छ ।