IME Life

मेट लाईफको अधिकांश सूचक सकारात्मक, कोषमा झण्डै २० अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनी मेट लाईफको नेपालस्थित शाखा कार्यालयले चालु आवको छ महिनामा सबै वित्तीय सूचांकमा प्रगति देखाएको छ । कम्पनीले आजै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, महाविपत्ती कोष र जगेडा कोषमा गरी झण्डै २० अर्ब अर्थात १९ अर्ब ८९ करोड ८२ लाख ६३ हजार रुपैयाँ दाखिला गरेको छ ।

कम्पनीले चालु आवको छ महिनामा जीवन बीमा कोषमा १७ अर्ब ४८ करोड ६७ लाख ३८ हजार रुपैयाँ जम्मा गरेको छ । त्यसैगरी जगेडा कोषमा दुई अर्ब २१ करोड ४६ लाख ७९ हजार रुपैयाँ र महाविपत्ती कोषमा १९ करोड ६८ लाख ४६ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा ११ प्रतिशत, जगेडा कोषमा ३५ प्रतिशत र महाविपत्ति कोषमा ४७ प्रतिशतले रकम बृद्धि गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ ।

Prabhu
Crest

त्यसैगरी, कम्पनीले चालु आवको छ महिनामा दुई अर्ब ९६ करोड ६७ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा एक अर्ब ८६ करोड ६८ लाख ९५ हजार रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको छ महिनामा २३ प्रतिशतले बृद्धि गरेको हो ।

सञ्चालन अवधीमा कम्पनीले १२ करोड ७४ लाख ८४ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १.९१ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको क्रममा केही तलमाथि हुन सक्नेछ ।

कम्पनीले छ छ महिनामा एक अर्ब ३९ करोड ८६ लाख ९३ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले ५४ करोड ५८ लाख नौ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । सञ्चालन अवधीसम्ममा कूल १२ लाख ४९ हजार ४९८ वटा पोलिसी कायम रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS